डा. केसीको जीवनरक्षा नगरे दुष्परिणाम गम्भीर हुने कांग्रेस सभापति देउवाको चेतावनी

असोज १९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डाक्टर गोविन्द केसीसँग अविलम्ब वार्ता गरी उनको जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

देउवाले आज प्रेस विज्ञप्ति जारी गर्दै डा। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएका कारण अविलम्ब वार्ता गरी उहाँको जीवन रक्षा गर्न ढिलाइ नगर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको हो ।

काग्रेस सभापति देउवाले विज्ञप्ति जारी केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाइ नगर्न आग्रह गर्नुभयो । अब पनि केसीका मागहरुको सम्बोधनको पहल नगरे ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी उहाँले चेतावनी दिनुुभयो ।

२१ दिनदेखि अनशनमा बस्दै आएका डा। केसीको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग सम्बोधन गर्न कुनै गम्भीरता नदेखाउनु अत्यन्तै दुःखद र गम्भीर विषय भएको देउवाको भनाइ छ ।

संवादमार्फत डा। केसीको मागका बारेमा समाधान खोज्नका लागि सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न प्रधानमन्त्रीसँग उहाँले आग्रह समेत गर्नुभयो ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ००:५५