राष्ट्रिय समावेशी आयोग र कुश्मा नगरपालिकाका जनप्रतिनिधी विच अन्तरक्रिया सम्पन्न

असोज १९, पर्वत । राष्ट्रिय समाबेशी आयोगका अध्यक्ष सहितको टोलिले आईतवार कुश्मा नगरपालिकाका जनप्रतिनिधि सङग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । समाबेशीताको अबस्था, नगरले तर्जुमा गरेका नीति तथा कार्यक्रममा समाबेशी बर्गको प्रतिनिधित्व, समाबेशिताको अभ्यासमा देखापरेका समस्याका बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।

आयोगले देशब्यापी रुपमा सुझाव संकलन गरि सरकार लाई सुझाव पेश गर्ने कार्यक्रम अनुसार पर्वतको कुश्मामा जनप्रतिनिधी संग छलफल गरेको जनाएको छ । आयोगका केन्द्रिय अध्यक्ष बिष्णुमाया ओझाले समाबेशिता लाई ब्यबहारिक रुपमा कार्यन्वयन गर्र्न समस्याहरु देखिएको बताउनुभयो । उहाँले आयोगले सरकारलाई सुझाव मात्रै दिने तर कार्यन्वयन गर्ने दायित्व सरकार र सरकारका अंगहरुको भएकाले आयोगले राज्यको ध्यानाकर्षण गराईरहेको बताउनुभयो । उहाँले समाबेशिताको अवधारणा लागु गर्न देशले ठूलो युद्ध लडेको बताउँदै यसको सफल कार्यान्वयन नभए विगतका योगदान खेर जाने बताउनुभयो ।

तर, समाबेशिताको अबधारणा लाई अपब्याख्या गरि टाठाबाठाले फाइदा लिएकोमा भने ओझाले चिन्ता ब्यक्त गर्नुभयो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले देशमा बनेका विभिन्न खाले आयोगहरु अहिले निष्क्रिय भएको भन्दै आयोगहरुलाई सक्रिय हुन अनुरोध गर्नुभयो । जोशीले राज्यले लक्षित गर्न चाहेको समुदाय सम्म समाबेशिता र आरक्षण पुग्नै नसकेको गुनासो गर्नुभयो । उहाँले समाबेशिताको अवधारणा जुन बर्गका लागि ल्याईएको तिनीहरु सम्म पुग्न नसकको र जान्ने सुन्नेले नै त्यसबाट फाईदा लिएको बताउनुभयो । उहाँले खस आर्य लाई पनि समाबेशिताको कोटामा राख्नुपर्ने, जातको आधारमा मात्र नभई गरिव र बिपन्नताको अबस्था हेरेर समाबेशी अधिकार प्रत्यायोजन गर्नुपर्ने आफ्नो सुझाव दिनुभयो ।

कुश्मा नगरपालिकाले अहिले सम्म समाबेशितालाई विशेष ख्याल गर्दै हरेक कृयाकलाप र योजनाहरु कार्यान्वयन गरेको जोशीले जानकारी दिनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत बिस्णुप्रसाद तिवारी , वडाध्यक्ष शिव पौडल, मिना कर्माचार्य, चित्रकला शर्मा भारती, तेजप्रसाद पाध्या, सुवासचन्द्र पौडेल, महिला तथा जेष्ठ नागरिक शाखाका प्रमुख डिलकुमारी शर्मा, शाखा अधिकृत धुर्व पौडेल लगायतले सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०१:३६