मोदीबेनीका जेष्ठ नागरिकहरुको आश्रममा पुगेर स्वास्थ्य विमा गरियो

असोज १९, पर्वत । पर्वतको मोदीबेनी जेष्ठ नागरिक आश्रमममा आश्रित जेष्ठ नागरिकहरुको स्वास्थ्य विमा गरिएको छ । कुश्मा नगरपालिका वडा नम्बर ५ ले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य विमामा समाबेश गर्न सहयोग गरेको हो । कागजजात जुटाउन नसक्ने जेष्ठ नागरिकलाई आश्रममै पुगेर आवश्यक कागजात र प्रक्रियामा वडाले सहयोग गरेको हो । जेष्ठ नागरिक दिवशको अवसरमा कुश्मा ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती सहित वडाका सदस्यहरु आश्रममा पुगेर जेष्ठ नागरिकहरुका आवश्यक कागजात सहित स्वास्थ्य विमा गराएका छन् । नेपाल सरकारले स्वास्थ्य विमामा सबैलाई समेट्ने लक्ष्य राखेको छ । पर्वतमा गतवर्ष देखि कार्यक्रम शुरु भएको छ । वडाध्यक्ष शर्माले परिवारबाट अलग्गिएर भगवानको सेवामा लागेका आश्रममा बसेका जेष्ठ नागरिकहरु पनि बिमा बाट बञ्चित नहुन भनेर आफुहरु आश्रममा पुगेर सहजीकरण गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०२:३३