पर्वतको वहाकी सामूदायिक क्याम्पसको प्रसासनिक भवन निर्माण हुँदै

असोज १९, पर्वत । पर्वतको बिहादी गाउँपालिका ४ वहाकीमा रहेको वहाकी सामूदायिक क्याम्पसको प्रसासनिक भवन निर्माणको काम थालिएको छ । विश्व विद्यालय अनुदान आयोगबाट आर्थिक वर्ष ०७६/७७ मा स्विकृत भौतिक सुविधा बिस्तार कार्यक्रम मार्फत विनियोजित ५० लाखको लागतमा क्याम्पसमा प्रसासनिक भवन निर्माण गर्न थालिएको हो ।

भवनको आईतवार एक समारोहका बिच बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले शिलन्यास गर्नुभएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष भुसालले क्याम्पसको भौतिक पूर्वाधार विकास संगै क्याम्पसको गरिमा बढ्ने बताउनुभयो । गाउँमा शिक्षाको अवसर प्राप्त गर्न अवसर क्याम्पसले सृजना गरेको बताउँदै भुसालले क्याम्पसलाई समूदायको साथ र सहयोग अविस्मरणिय रहेको भुसालले बताउनुभयो । विश्व विद्यालय अनुदान आयोगले भवन निर्माणका लागि सहयोग गरेकोमा भुसालले आभार व्यक्त गर्नुभयो । अवको ६ महिना भित्रमा भवन निर्माण सम्पन्न हुने जनाईएको छ ।

भवनमा ६ कोठा रहने जनाईएको छ । क्याम्पस सञ्चालक समितिको बैठकले भवन निर्माणका लागि एक समिति बनाएर काम थालेको क्याम्पस प्रमुख एकनारायण भट्टराईले जानकारी दिनुभयो । बिहादी गाउँपालिकाका उपाध्यक्ष डम्वरकुमारी गुरुङ, नेपाली काँग्रेस विहादीका सभापती विष्णु भुसाल, विहादी ४ का वडाध्यक्ष भीमप्रसाद श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष टेकवहादुर थापा ,स्थानीय राजनीतिककर्मी, विद्यार्थी, समाजसेबी तथा सर्वसाधारणहरुको उपस्थितीमा क्याम्पसको भवन शिलन्यास भएको हो ।

११० जना विद्यार्थी रहेको यो क्पाम्पसमा १५ कक्षाकोठा रहेका छन् । कक्षाकोठा प्रयाप्त नभएको अवस्थामा भवन निर्माण पश्चात प्रसासनिक भवन चलाएपछि अन्य कोठालाई पठनपाठनमा उपयोग गरिने क्याम्पस प्रमुख भट्टराईले बताउनुभयो । क्याम्पसले पनि थप स्रोत व्यवस्थापन गरेर व्यवस्थित भवन बनाउने उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०३:३६