दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु

असोज १९, मोरङ । बुढीगंगा गाउँपालिका–१ मा भएको सडक दुर्घटनामा आइतबार एक जना सशस्त्र प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत ४२ बर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको हो ।

बिदामा घर आएका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका थिए । तावाहाङको विराट मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मानबहादुर राईले बताए ।

ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी कार्य भइरहेको राईले बताए ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०४:०२