गुल्मीमा छोराले हानेको मुक्काले बाबुको मृत्यु

असोज १९,गुल्मी । गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० बर्षिया दिल बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी जनकराज पन्थले जानकारी दिए ।

उनका छोरा २६ बर्षिया अनिल बस्नेतले आइतबार साझँ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई कुटपिट गरेका थिए । घाइते बस्नेतलाई थप उपचारको लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो । मुख र छातिमा भित्रि चोट लागेका दिल बहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर ग(यो । तर, मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो । बिहान ३ः५५ मा उपचारका लागि बुटबल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको पन्थले जानकारी दिए । बुबालाई कुटपिट गर्ने छोरा भने फरार रहेका छन् ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०४:०७