अपडेट: दाङ बस दुर्घटना -मृतककाे संख्या २० पुग्याे

पुष ७, काठमाडौँ । दाङमा शुक्रवार साँझ भएको बस दुर्घटनामा परी मर्नेको संख्या २० पुगेको छ।अन्य केहि घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। उनीहरूको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो। बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

२० जनाको शब फेला परेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन्। बस कृष्णसेन इच्छुक पोलि टेक्निकल इन्स्ट्च्यिुटको रहेको बताइएको छ। विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति ७ पुष २०७५, शनिबार ००:५५