निर्मला पन्त हत्या: अदालतबाट सफाइ पाएका प्रहरीलाई काममा फर्कने बाटो खुल्यो

असोज २०, काठमाडौँ । निर्मला पन्त प्रकरणमा अदालतबाट सफाइ पाएर पनि नियमावलीका कारण निलम्बन फुकुवा नभएका प्रहरीलाई अब काममा फर्किने बाटो खुलेको छ। मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ मा संसोधन गरेपछि उनीहरु काममा फर्कन पाउने भएका हुन्।

गएको ८ असोजको मन्त्रीपरिषद बैठकले प्रहरी नियमावली संसोधन गरेको हो। निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट र यातना दिएको आरोप लागेका कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० का प्रहरी नायब उपरीक्षक ९डीएसपी० अंगुर जीसी लगायत आठजना प्रहरीले नै सफाइ पाएका थिए।

प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जीसी, अर्का डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक ९इन्सपेक्टर०द्वय जगदीश भट्ट तथा एकेन्द्र खड्का, सईद्वय रामसिंह धामी तथा हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदमाथि मुद्दा चलाइएको थियो। उनीहरूमध्ये डीएसपी सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र सइ हरिसिंह धामीले अनिवार्य अवकाश पाइसकेका छन्।

हत्या अनुसन्धानमा लापरवाही गरेको भन्दै एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई ८ कात्तिक २०७५ मा गृह मन्त्रालयले बर्खास्त गरेको थियो। विष्ट र भट्टले बर्खास्तीको निर्णय पुनरावलोकनका लागि मन्त्रिपरिषद्‌मा निवेदन दिएका छन्।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०३:०८