असोज २०, काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालय लिन प्रस्ताव राखेका छन् ।
पूर्वअर्थमन्त्री पाण्डेले भने शहरी विकासमा नजाने बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई अर्थबाहेक अरु मन्त्रालयमा जान्न भनेको छु’, पाण्डेले भने ।
अहिले मन्त्रिपरिषदमा शहरी विकास, सञ्चारसँगै अर्थ मन्त्रालय पनि खाली छ । पाण्डेले अर्थ मन्त्रालय चलाइसकेकाले अब शहरी विकासमा नजाने अडान लिएका छन् ।
तर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्थमा पार्टी महासचिव विष्णु पौडेललाई लैजान चाहेको स्रोतले बताएको छ ।
दिउँसो चार बजे बोलाइएको सचिवालय बैठकमा नयाँ मन्त्रीबारे थप छलफल हुने बताइएको छ ।
प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०८:२६