महाशिलामा काँग्रेसको संगठन सुदृढिकरण तथा भातृ संस्था विस्तार अभियान

असोज २०, पर्वत । नेपाली काँग्रेस महाशिला गाउँपालिकाले संगठन सुदृढिकरण तथा भातृ संस्था विस्तार अभियान संचालन गरेको छ । उक्त अभियान महाशिला–४ पाखापानीवाट शुरु भएको छ । अभियानकै क्रममा नेपाल कम्युनिष्ट पाटी (नेकपा) परित्याग गरि ११ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेसमा प्रवेश गरेका नेता –कार्यकर्ताले तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत फाईदामा मात्रै काम गरेकाले आफुहरुले पार्टी छोडेको बताए । नवप्रवेशी धिराज हमालले कार्यक्रममा बोल्दै महाशिलामा नेकपाका नेताहरुको व्यवहारप्रति असन्तुष्टि पोखे । महाशिला गाउँपालिका जनताको बास्तविक समस्या भन्दा पनि प्रचारमुखी काममा लागेको भन्दै विरोध गरे । कार्यक्रममा धिराजसँगै नेपाली काँग्रेसमा देवेन्द्र शाही, सुजन शाही, नविन नेपाली, तिलवहादुर ढुङगना, विपना नेपाली लगायतका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरी र महाशिला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार उज्वल गुरुङ लगायतका नेताले प्रवेश गराएका हुन्।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सचिव ठकुरीले पार्टीको संगठन विस्तार गर्न गाउँगाउँ र टोलटोलमा जुट्नुपर्ने समय आएको बताए । नेता ठकुरीले कम्युनिष्टले जनतालाई सत्ता पुग्ने भ¥याङ मात्र बनाएकोे आरोप लगाए । निर्वाचनको बेला सत्तामा पुग्न जनतालाई झुठा आश्वासन दिएका कारण पर्वतमा नेकपा छोड्ने दर बढ्दै गएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता उज्वल गुरुङले नेपाली काँग्रेसको संगठन विस्तार गर्न गाउँगाउँ पुग्ने जिकिर गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व क्षेत्रिय सचिव धर्मराज शर्मा, नेपाली काँग्रेस महाशिला गाउँपालिका–५ लुंखुका सभापति डिल्लीराम पौडेल, नेपाल तरुण दल पर्वतका जिल्ला सदस्य सन्तोष हमाल लगायतले बोलेका थिए । नेपाली काँग्रेस पाखापानीका उपसभापति गुप्तावहादुर रेग्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य रामवहादुर रेग्मी र कार्यक्रमको संचालन झपटवहादुर खत्रीले गर्नुभएको थियो ।

नेपाली काँग्रेस कुर्घाका पूर्व गाविस अध्यक्ष पौडेलको निधन

नेपाली काँग्रेस कुर्घाका पूर्व उपसभापती तथा साविक कुर्घा गाविसका वडा अध्यक्ष माधवप्रसाद पौडेलको निधन भएको छ । ७६ वर्षका पौडेलको सोमवार बेलुका पौडेलको निधन भएको हो । साविक कुर्घा गाविस ८ हाल महाशिला गाउँपालिका ५ निवासी पौडेलको आज दाहसंस्कार गरिएको छ । स्वर्गिय पौडेल २०४९ र २०५४ सालमा कुर्घा गाविसको अध्यक्ष बन्नुभएको थियो । नेपाली काँग्रेस पर्वतका जिल्ला सचिव अशोक उचै ठकुरी, नेपाली काँग्रेस फलेवास नगरपालिका १० का सभापती अम्मरवहादुर क्षेत्री, महाशिला ५ का सभापती डिल्लीराम शर्मा , कुर्घाका पूर्व सभापती भवानीप्रसाद शर्मा, पूर्व जिल्ला सदस्य गोबिन्दबहादुर क्षेत्री, नेपाल शिक्षक संघका पूर्व क्षेत्रीय सभापती मेघराज लम्साल, पार्टी सचिव दाताराम लम्साल लगायतले श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्र गर्नुभएको थियो ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १०:३१