फलेवास नगरपालिकाद्धारा बाढि पहिरो पीडितलाई जस्तापाता वितरण

असोज २०, पर्वत । फलेवास नगरपालिकाले बाढि पहिरो पीडितलाई जस्तापाता वितरण गरेको छ । भदौको अन्तिम साता परेको बर्षाका कारण क्षतिग्रस्त तथा जोखिमयुक्त फलेवास नगरपालिका– ६ देविस्थानका ११ घरपरिवारलाई जस्तापाता गरेको हो ।

बाढि र पहिरोवाट घर भत्केर नयाँ बनाउन नसक्नेलाई जस्तापाता र छानो चुहिएर बस्न नमिल्ने अवस्थाका व्यक्तिलाई जस्तापाता वितरण गरेको फलेवास नगरपालिका –६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले जानकारी दिनुभयो । राहात पाउनेमा स्थानीय किरण श्रेष्ठ, खगराज शर्मा,योगप्रसाद भुसााल,नेत्र प्रसाद पाध्या, दुर्गीकुमारी पौडेल, ध्रुवप्रसाद श्रेष्ठ, टुल्कीकुमारी पंगाली, यामवहादुर थापा, प्रकास चपागार्ई, अर्जुन नेपाली र मिठे नेपाली रहेका वडा अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

भदौको अन्तिम साता परेको अविरल बर्षा सँगै आएको बाढि पहिरोले फलेवास नगरपालिका अधिकाँश क्षेत्रमा जनधन तथा पशुचौपायामा क्षति पु¥याएको थियो । देविस्थानको वडा कार्यक्रममा भएको कार्यक्रममा नगर प्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिका सबै वडामा वर्षायाम क्षति पु¥याएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले बाढि पहिरोले क्षति पु¥याएर घर बनाएर छानो हाल्न नसकेका तथा घर चुहाएर बस्न नमिल्ने अवस्थाकालाई वडा र प्रहरी चौकीको मुजुल्काका आधारमा जस्तापाता वितरण गरेको बताउनु भयो ।

साथै उहाँले प्राकृतिक विपद जतिबेला पनि आउने भएकाले सजग र सचेत रहन नगरवासीलाई आग्रह गर्नुभयो ।
वडाअध्यक्ष भुसालले वडा भित्र मानवीय क्षति नभएको खुशी व्यक्त गदै वडावासीको समस्या समाधानमा आफु हरपल हरक्षण तयार रहेको जिकिर गर्नुभयो । यहाँले वडाको विकास एक्लै सम्भव नभएको बताउँदै वडाको विकासमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कुलप्रसाद श्रेष्ठ र कार्यक्रमको संचालन वडा सहायक उत्तम घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १३:५८