सुनचाँदी व्यवसायी संघ पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न

असोज २०, पर्वत । पर्वत सुनचाँदी व्यवसायी संघले चाडपर्वलाई लक्षित गरेर व्यवसाय सुरक्षाको विषयमा अन्तरक्रिया गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सुनचाँदी व्यवसाय सम्मानित पेशा भएको बताउन भयो । उहाँले विश्वभर फैलिएको कोरोनाको संन्त्रास र सुरक्षालाई ध्यानमा राखेर व्यवसाय संचालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रेग्मीले भरपर्दो सुरक्षा रणनीति तथा योजना लागू गरेर व्यवसायिक वातावरण बनाइने बताउनु भयो । प्रजिअ रेग्मीले सुनचाँदी व्यवसायमा सुरक्षा र सावधानी दुवै आवश्यक रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वनाथ अधिकारीले पर्वत जिल्लामा शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आफु निरन्तर लागेको जिकिर गर्नुभयो । उहाँले सुनचाँदी पसल तथा बैंक वित्तीय संस्था भएको क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन टोली नै खटाइएको बताउनु भयो ।

उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदार शर्माले सुनचाँदी वहुमुल्य धातुको व्यवसाय भएकाले अस्पष्ट नीति नियमका कारण राज्य र चोर दुवैको चेपुवामा व्यवसायीहरु परेको बताउनु भयो ।
पर्वत सुनचाँदी व्यवसायी संघका अध्यक्ष ठाकुर वि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कुश्मा नगरपालिका –१० पिपलटारीका वडा अध्यक्ष सुजन वि.क. फलेवास नगरपालिका– ११ पाङराङका वडा अध्यक्ष जितवहादुर सुनार, संघका निवर्तमान अध्यक्ष विकास सुनार, पुर्व अध्यक्ष लखन सुनार, संघका सल्लाहाकार, पदाधिकारी एवम् सदस्यहरुको उपस्थितिरहेको थियो ।
उक्त कार्यक्रमको संचालन संघका सचिव कुलवहादुर सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १४:४९