विकासमा फड्को मार्दै पैयुँ गाउँपालिका, कार्यपालिकावाट यस्ता निर्णय भए

असोज २२ पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले केहि महत्वपूर्ण योजनाहरु कार्यपालिका बैठक बाट निर्णग गरि कार्यान्वयन चरणमा लगेको छ । गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारको आर्थिक साझेदारीमा गर्ने केहि योजना र गाउँपालिकाको स्रोतबाट गर्ने योजनाहरुको सूचि बनाएर कार्यपालिकामा छलफल गरिएको छ । चालु वर्षमा सञ्चालन गरिने योजनाहरुको बारेमा छलफल भई पारित गरिएको र केहि विषयमा निरन्तर रुपमा छलफल गरेर काम अगाडी बढाउने निर्णय भएका छन् । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले ३१ वटा विषयको सूचि बनाएर छलफल गर्दा अधिकाँश योजनाहरु कार्यान्वयनमा लैजान कार्यपालिका बाट स्विकृत भएका जानकारी दिनुभयो । तर, केहि योजनाहरुका बारेमा पछि छलफल गर्नुपर्ने भएकाले हाललाई पारित गरिएको छैन ।
गाउँ कार्यपालिकाको बैठकले संघीय सरकारको सहकार्यमा खेलकूद मैदान निर्माण, धार्मिक तथा पुरातात्विक क्षेत्रको संरक्षण, प्रदेश सरकारको सहकार्यमा जग्गा चक्लाबन्दी सम्बन्धि कार्यक्रम सञ्चालन, कित्तानापी नक्सामा सार्वजनिक बाटो अध्यावधिक सम्बन्धि प्रस्ताव पारित गरेको छ । गाउँ कार्यपालिकाले स्थानीय वस्ती विकास, शहरी योजना तथा भवन निर्माण कार्यविधि २०७७ र नेपालको भवन निर्माण संहिता २०६४ कार्यान्वयन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार गाउँ कार्यपालिकाले पारित गरेका योजनाहरुलाई धमाधम कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले कार्यपालिकामा दुई दिन सम्म व्यापक छलफल गरि कामहरुलाई पाईपलाईनमा राखिएको जानकारी दिनुभयो । पौडेलका अनुसार कार्यालयमा सीसी क्यामेरा जडान गर्ने देखि प्रहरी चौकीमा तारबार लगाउने जस्ता साना देखि ठूला योजनाहरु पारित भएको बताउँदै चालु वर्षका सबै योजनाहरुको कार्यान्वयन गर्न थालिएको बताउनुभयो ।
केहि कार्यक्रमको नाम संसोधन समेत गरिएको छ । विभिन्न योजना तथा विद्यालयका योजना तथा कार्यक्रम, अनय संगठित संस्थाहरुको उपभोक्ता समिति गठन गर्ने, गाउँपालिकाको कार्यालय, वडा कार्यालयबाट हुने सिफारिस, योजना सम्झौता, प्रक्रिया, फरफारक, र दैनिक प्रसासनिक काममा एकरुपता कायम गर्ने बैठकको निर्णयमा उल्लेख छ । शिक्षा समितिले खरिद गरेको सामाग्री, कोभिड क्वारेण्टाईन निर्माण, खाना तथा आवास व्यवस्थापनमा भएको खर्च भुक्तानी गर्ने निर्णय समेत बैठकले गरेको लेखा अधिकृत सरोज पराजुलीले जानकारी दिनुभयो । विद्यालयहरुमा लेखा परिक्षकको छनौटमा जारी भएको सूचना, चिकित्सक र नर्सको माग सम्बन्धि सूचना र पूर्वाधार विकास दस्तुर सम्बन्धमा दोस्रो पटक भएको विज्ञापनका सन्दर्भमा पनि छलफल भएको थियो । सेवाप्रवाह, सूचना प्रकाशन लगायतमा प्रविधि र सामाजिक सन्जालको प्रयोग गर्ने, भू सेवा केन्द्र सञ्चालन, आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने , आर्यूबेद सेवा केन्द्रको वार्षिक कार्यक्रम परिमार्जन तथा स्विकृत गर्ने निर्णय भएको छ । पैयुँ गाउँपालिकाले स्थानीय रेविज रोग व्यवस्थापन तथा कुकुरको बन्ध्याकरण गर्ने कार्यविधि बनाउने र स्थानीय पाडापाडी र बाच्छा संरक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा कार्यपालिकामा छलफल भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट जारी भएका ६१ बुँदे निर्देशन गाउँपालिकाले कार्यान्वयन गरेको सम्बन्धमा लेखि पठाउने निर्णय भएको छ भने नदीजन्य निर्माण सामाग्रीको उत्खनन गर्दा प्रारम्भिक वातावरणीय परिक्षणको लागि कार्यसर्त स्विकृत गर्ने निर्णय भएको पनि गाउँपालिकाले जनाएको छ । पदाधिकारीहरुको सेवा सुविधाको विषय, सवारी साधान खरिद, पटके सवारी कर लगायतका विषयमा पनि छलफल भएका छन् । गाउँ कार्यपालिकामा प्रस्तुत भएका ३१ वटा प्रस्ताव माथी छलफल भएकोमा २९ वटा प्रस्तावमा छलफल भएपनि २ वटा विषयमा पछि फलफल गरिने निर्णय भएको छ ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०२:१८