स्वर्गीय चपाईको सम्झनामा श्रद्धाञ्जली सभा, परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

असोज २२, पर्वत । नेपाल शिक्षक संघका सदस्य तथा पर्वतको फलेवास वडा नम्बर १० कुर्घा निवासी शिक्षक प्रकाशराज चपाईको निधन प्रति नेपाल शिक्षक संघ फलेवास नगर समितिले दुख व्यक्त गरेको छ । लिमिठाना माबिमा पढाउँदै आउनुभएका शिक्षक चपाईको निधनले शिक्षक संघलाई अपुरणिय क्षती भएको जनाउँदै संघले बुधवार मृत चपाईको घरमा पुगेर मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेपाल शिक्षक संघ फलेवास नगर समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठको नेतृत्पमा पुगेको टोलीले चपाईको परिवारलाई नगद १४ हजार १ सय रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराएको छ । ३९ वर्षको उमेरमा ब्रेन ट्यूमरका कारण चपाईको निधन भएको थियो ।

पाँचौ दिनको पूण्य तिथीमा शोक व्यक्त गर्न आयोजित कार्यक्रममा नेपाल शिक्षक संघ फलेवास नगर समितिका सहसचिव चुडामणि आचार्य, प्रदेश प्रतिनिधि गोपालप्रसाद श्रेष्ठ , नेपाल शिक्षक फलेवास १० का संयोजक कुलप्रसाद पौडेल, शारदा माबिका प्रअ जितबहादुर थापा, जनता माबिका प्राचार्य लालप्रसाद शर्मा , नेपाल शिक्षक संघ फलेवास १० का सचिव तथा पुर्व शिक्षक दाताराम लम्साल, वडा अध्यक्षका प्रत्यासी भवानी शर्मा पौडेल,नेपाल शिक्षक संघका नगर महिला सहसचिव सीता शर्मा, सदस्य शान्तिकुमारी क्षेत्री र शारदा माबीका शिक्षक नारायण शर्मा लगायत सहभागि हुनुभएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ फलेवास नगरसमितीका सचिव राजुप्रसाद भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०३:३८