फेरि बस्नेगरी सरकारी टोली र डा. केसी प्रतिनिधिको वार्ता स्थगित

असोज २२, काठमाडौँ । २५ दिनदेखि अनशनमा रहेका प्रा।डा। गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीचको वार्ता केही समयका लागि स्थगित भएको छ। करिब साढे चार घण्टादेखि चलेको वार्ता दिउँसो ३ बजे केही समयका लागि स्थगित भएको डा। केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

बललबउगचलब उयकत

केसी अनशन बसेको २४ दिनमा वार्ता टोली गठन गरेर २५ औं दिनमा सरकारले औपचारिक वार्ता सुरु गरेको हो। बुधबार सरकारले गठन गरेको वार्ता टोली र डा। केसीका प्रतिनिधिबीच साढे चार घण्टा वार्ता भएको हो।

बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।

सरकारले वार्ता टोली गठन गरे लगत्तै केसीको तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो।डा। केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा। लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन्।साभार–अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ११:४०