कस्तुप पन्तले ल्याए चर्चित कलाकारको साथमा  ‘जीन्दगी पानीको फोका’ (भिडियो हेर्नुहोस्)

असोज २२ पर्वत । लोकप्रिय गितकार तथा सर्जक कस्तुप पन्तको बहुप्रतिक्षित गित ‘जीन्दगी पानीको फोका’ सार्वजनिक भएको छ । चाडपर्वलाई लक्षित गरेर बजारमा ल्याएको गितले मायाप्रेमको भावलाई लोकलयमा उतारिएको छ । गितमा पुर्वेली देखी पश्चिमेली, सालैजो देखी झ्याउरे भाकाको मिश्रण पाइन्छ । गितमा शव्द/संगित पन्तकै रहेको छ । उक्त गितमा सुगम संगितकी चर्चित गायिका अञ्जु पन्त र रामजी खाडको स्वरमा रहेको छ । सारथी म्यूजिक प्रालिले गित बजारमा ल्याएको हो । पन्तको आफ्नो अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरेको उक्त गीतको म्यूजिक भिडियो पनि निर्माण गरिएको छ ।

म्युजिक भिडियोमा रामजी खाँड आफै र मालती घलेको अभिनय रहेको छ । गीत निकै मेहनत गरेर बनाएको र दर्शकले मन पराउने आशा टिमले लिएको छ । गीत रिलिज भएसँगै दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ । गित हेरेपछि थुप्रै कलाकार तथा बरिष्ठ संगितकारहरुले पन्तको मेहनतको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।गित अहिलेको चर्चित मोवाईल एप टिकटकमा समेत निकै भाइरल भएको छ ।


गायक पन्तले ‘जीन्दगी पानीको फोका’ गितले देश र समुदायलाई जोड्न खोजेको बताए । गितले पूर्व मेची देखी पश्चिम महाकालीसम्मका म्युजिकलाई गोलबन्द गरेको छ, उनले भने,‘संगितलाई एकबद्ध गराउन र पूर्वपश्चिमका भावकालाई जोड्ेर फरक स्वादमा गित बजारमा ल्याएको छु,।’ गितले कला, संस्कृति र साहित्य सिर्जनलाई थप उचाईमा पु¥याउने काम गरेको उनको तर्क छ ।
लोक तथा आधुनिक विधामा कलम चलाउने कलाकार पन्तले यस अघि सयैँ गीतहरुको रचना र उत्तिकै गीतहरुमा स्वर समेत दिएका छन् ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०३:०८