बालाकोट र होश्राङदीमा काँग्रेसको संगठन विस्तार तथा सुदृढिकरण

असोज २३, पर्वत । नेपाली काँग्रेस महाशिला गाउँपालिकाले आफ्नो संगठन सुदृढिकरण तथा भातृ संस्था विस्तार अभियानलाई तीव्रता बनाएको छ । गाउँपालिकाका सबै वडामा आफ्नो दसंगठनलाई मजबुद बनाउन र संगठन विस्तार गर्नका नयाँ अभियान थालनी गरेको हो ।

अभियानका क्रममा बुधवार महाशिला वडा नम्वर ३ बालाकोट र बिहीवार वडा नम्वर १ होश्राङदीमा संगठन सुदृढिकरण तथा भातृ संस्था विस्तार अभियान सम्पन्न भएको छ । बालकोटमा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी मोहन गुरुङले पार्टीको संगठन विस्तारका लागि गाउँगाउँ र टोलटोलबाट जुट्नका लागि कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका गुरुङले पार्टी संगठनलाई बलियो बनाउन सके आगामी निर्वाचन काँग्रेसले जित्ने दावी गदै उच्च मनोवलका साथ पार्टी निर्माणको अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेपाली काँग्रेस महाशिला –३ बालाकोटका सभापति धनप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरी, नेपाली काँग्रेस महाशिला गाउँपालिकाका उम्मेदवार पदका अध्यक्ष उज्वल गुरुङ लगायतले बोल्दै महाशिलाको विकासका लागि नेपाली काँग्रेस पार्टीले सँधै नेतृत्वदायी भुमिका निर्वाह गदै आएको बताउँदै आगमी निर्वाचनमा काँग्रेसलाई बहुमतले जिताउने दावी गर्नुभयो । कार्यक्रममा निमवहादुर रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नेपाल तरुण दल पर्वतका जिल्ला सदस्य सन्तोष हमालले गर्नुभएको थियो ।


त्यस्तै होलश्राङदीमा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले नेपाली काँग्रेसले आफ्ना गतिविधीलाई बढाउँदै लैजाने बताउनु भयो । उहाँले काँग्रेसका गतिविधीलाई वडा देखी पालिकासम्म कसरी लैजाने भन्ने विषयमा छलफल भईरहेको जानकारी समेत दिनुभयो । काँग्रेस कमजोर हुँदा मुलुकमा भष्ट्राचार मौलाएको भन्दै काँग्रेस कमजोर भए देश नै संकटमा पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट अध्यक्ष पदका उम्मेदवार बनेका उज्वल गुरुङले एउटा निर्वाचन पराजयकै कारण कार्यकर्ता निराश हुन जरुरी नभएको बताउनु भयो । उहाँले भन्नुभयो,‘आज महाशिलामा काँग्रेस हा¥यो, त्यसैले महाशिला पछाडी प¥यो,।’ महाशिला गाउँपालिकाले कार्यकर्ता मुखी र प्रचारमुखी कार्यक्रमलाई प्राथमिकता दिएको भन्दै जनताको जिवनस्तर उकास्न गाउँपालिकाले भूमिका नखेलेको आरोप लगाउनु भयो ।
नेपाली काँग्रेस होश्राङदीका सभापति पदमवहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी मोहन गुरुङ, नेपाल तरुण दल पर्वतका जिल्ला सदस्य सन्तोष हमाल लगायतले बोल्नुभएको थियो ।

उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस पर्वत क्षेत्र नम्वर २ का सचिव धर्मप्रसाद भुषालले गर्नुभएको थियो । बालकोट र होश्राङदीमा भएको कार्यक्रममा नेकपा परित्याग गरि २० जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ११:३५