पर्वतमा दुई फरार प्रतिवादी पक्राउ

असोज २४ पर्वत । पर्वतमा शुक्रवार २ जना फरार अभियुक्त पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. १० पिपलटारी सविक पिपलटारी गा.वि.स. वडा नं.१० बस्ने वर्ष ५७ का चन्द्र बहादुर के.सी. र फलेवास नगरपालिका २ थापाठाना निवासी ३७ वर्षिय रुबेन क्षेत्री पक्राउ परेका छन् ।

पिपलटारीका केसी विरुद्द सवारी ज्यान कसूरमा मुद्दा दर्ता भई मिति २०५४ असार १७ गते धादिङ जिल्ला अदालतको फैसलाले रु. एक हजार जरिवाना र २ महिना २२ दिन कैद सजाय भएको र हालसम्म फरार रहेकोमा खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटीएको प्रहरी टोलीले कुश्मा नगरपालिका वडा नं. ७ खरेयामा पक्राउ गरिएको हो । आजै उनलाई पर्वत जिल्ला अदालतमा बुझाईएको छ ।

थापाठानाका क्षेत्री विरुद्द लागु औषध कसूरमा मुद्दा दर्ता भई मिति २०६६ जेठ ८ गते कास्की जिल्ला अदालतको फैसलाले १ बर्ष १० महिना ६ दिन कैद सजाय भएको र हालसम्म फरार रहेकोमा खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटीएका प्रहरी टोलीले आफ्नै घर वतनबाट नियन्त्रणमा लिई आजै पर्वत जिल्ला अदालतमा बुझाईएको जनाईएको छ ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार २३:३८