फलेवास जल उपभोक्ता समितिका कर्मचारी सम्मान सहित बिदाई

असोज २४, पर्वत । फलेवास जल उपभोक्ता समितिले नहरको निर्माणधिन समयदेखी अनवरत रुपमा काम गदै आउनु भएका फलेवास नगरपालिका–५ निवासी प्रेमप्रसाद तिवारीलाई सम्मान सहित विदाई गरेको छ ।

जिल्लाकै सबैभन्दा ठुलो र लामो मानिएको नहर बि.स २०४१ सालमा स्थापना भएको थियो । स्थापनाकाल देखी अनवरत रुपमा ३५ बर्षसम्म सेवारत रहेका तिवारीलाई फलेवास नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच सम्मान तथा विदाई गरिएको हो ।

नगरपालिकाका मेयर पदमपाणि शर्मा र प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो भने समितिका तर्फवाट करुवा र प्रशंसापत्रले सम्मान गरिएको फलेवास जल उपभोक्ता समिति सचिव किशोर रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा नहरको परिकल्पना सँगै एकल लगानीमा नहर निर्माण गरी भंगराको फेददेखी फलेवासको शंकरपोखरी हुँदै खानीगाउँ, देविस्थान र मुडिकुवा क्षेत्रमा सिँचाई ल्याउन सफल हुनुभएका बिसे पन्तलाई सम्झिएको थियो ।

फलेवास जल उपभोक्तासमितिका अध्यक्ष भवानीप्रसाद श्रेष्ठ अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन समितिका सचिव किशोर रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०१:१०