राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा उक्लियो

असोज २४, काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

युएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । जोस बट्लर १३ रनमा आउट भए ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २र२ विकेट लिए । अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १र१ विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाए ।

ओपनरद्वय पृथ्वी श १९ र शिखर धवन ५ रनमा आउट भए । अक्षर पटेल १७ रन बनाउदा हर्सल पटेलले १६ रन जोडे । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १र१ विकेट लिए ।

दिल्लीले सन्दीपलाई भने मौका दिएको थिएँन । सन्दीप लगातार छैटौं खेलमा प्लेइङ सेट बाहिर रहेका हुन् ।जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो ।

राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०१:४३