पर्वतका केही ठाउँमा आज पाँच घण्टा बत्ती जाने

असोज २४, पर्वत । पर्वतमा आज पाँच घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको कुश्मा सब–स्टेशनबाट प्रशारण भएको ११ के.भि बडगाउँ फिडरमा वितरण ट्रान्सर्फमर रि– लोकेशन÷लाईन मर्मत संभार तथा लाईनको सिधा बाटोमा पर्ने रुख तथा हाँगा विँगा काट्नु पर्ने भएकाले पर्वतका केही ठाउँमा विद्युत जाने भएको हो ।

बिद्युत प्राधिकरण पर्वतले कुश्मा नगरपालिकाको बडागाउँ, शिवालय तथा कटुवाचौपारि क्षेत्रमा अहिले ( शनिवार) बिहान ११ बजे देखी दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो । तोकिएको समयभन्दा अगाडिनै काम सकिए, छिट्टै विद्युत दिने पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ०४:४४