काँग्रेस महाशिलाको संगठन विस्तार तथा सुदृढिकरण अभियान  भोक्सिङमा सम्पन्न

असोज २४, पर्वत । नेपाली काँग्रेस महाशिला गाउँपालिकाले आफ्नो संगठन सुदृढिकरण तथा भातृ संस्था विस्तार अभियानलाई तीव्रता बनाएको छ । काँग्रेसले गाउँपालिकाका सवै वडामा आफ्नो संगठन मजबुद बनाउन र संगठन विस्तार गर्नका लागि अभियान थालेको हो ।

अभियानका क्रममा शुक्रवार महाशिला गाउँपालिका–२ भोक्सिङमा भएको कार्यक्रलाई सम्बोधन गदै नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले आम जनताको भरोसा नेपाली काँग्रेसप्रति नै रहेको बताउनु भयो । कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै मुलुकलाई बचाउन काँग्रेसले सक्रियता देखाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कम्युनिष्टका कारण मुलुक भष्ट्राचार र अधिनायकवाद तर्फ उन्मुख भएको जिकिर गर्नुभयो । काँग्रेस कम्जोर हुदा राष्ट्रियता प्रजातन्त्र कम्जोर हुनुका साथै जनताले विभिन्न नाममा दुःख भएको भन्दै काँग्रेसले गलत कामको भण्डाफोर गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता उज्वल गुरुङले सम्पूर्ण इकाई भातृसंघ संगठनहरु कृयासिल भयर पार्टीलाई एकतावद्ध बनाई अगाडी बढनुपर्ने बताउनु भयो । ‘अब यो वा त्यो भन्ने होइन संगठन कसरी बलियो बनाउने भन्ने तर्फ सवै लाग्नुपर्छ –गुरुङले भन्नुभयोे । उहाँले भातृसंघ संगठनहरुको विस्तारका साथै सवै कार्यकर्ताहरुलाई क्रियाशिल बनाएर बलियो काँग्रेस गराउन यस अभियानले सहयोग गर्ने बताउनु भयो ।
नेपाली काँग्रेस भोक्सिङका कार्यवाहक सभापति प्रेमवहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको वारेमा वडा अध्यक्ष विष्णुवहादुर रानाले प्रकाशपार्नुको थियो । उक्त कार्यक्रमको संचालन
नुनप्रसाद गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ११:५३