सहमतीमा नेतृत्व चयन नभए निर्वाचन गछौँ – मिलन सुवेदी

पर्वत– नेपाल विद्यार्थी संघको अधिवेशन नजिकिए सँगै पर्वतमा चुनावी सरमर्गी बढेको छ । अधिवेशन नजिकीदै जाँदा नेपाल विद्यार्थी संघका नेताहरुले आफु खुशी उम्मेदवार घोषणा गरेका छन् । संघको नेतृत्वका लागि धेरै आकाँक्षी देखिएका छन् ।

गण्डकी प्रदेशले कुनै पनि जिल्लामा पालिका स्तरिय अधिवेशन सम्पन्न गर्न नसकिरहेको अवस्थामा नेवि संघ पर्वतले भने सम्पूर्ण पालिकामा अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशनको तयारीमा नेवि संघ पर्वत छ । तर, प्रदेश र केन्द्रीय महाधिवेशनको अन्योलका कारण पर्वतमा पनि अन्योलको अवस्था सिर्जना भएको छ विद्यार्थी नेताहरुको भनाई छ ।

पुष १४ गतेभित्र जिल्ला तहको सम्पूर्ण अधिवेशन गरिसक्नुपर्ने प्रावधान भएपनि प्रदेश र केन्द्रिय महाधिवेशनका कारण जिल्लाका अधिवेशनमा अन्योल उत्पन्न भएको छ । नेपाल विद्यार्थी संघले केन्द्रिय संगठनको महाधिवेशन पुष २८,२९ र ३० गते काठमाडौँमा हुने बताएपनि महाधिवेशन हुने न हुनेमा शंका उत्पन्न भएको छ ।

अधिवेशन लक्षित गदै विद्यार्थी नेताहरुले आफु खुशी उम्मेदवार घोषणा गरिरहेका बेला नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदीले सहमतीमा अध्यक्ष चयन गर्ने बताएका छन् । उनले भने,‘नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको भातृ संस्था हो । बिद्यार्थीले उम्मेदवार घोषणा गर्नु लोकतान्त्रिक पद्धती हो । हामीले यसलाई सहज रुपमा लिनु पर्दछ । हामी सहमतीमा नेतृत्व चयन गछौँ । नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा छ सुवेदीले भने,‘संगठनलाई जिवन्त दिनसक्र्ने नेतृत्व चयन गर्नु आजको आवश्यकता हो ।’ संगठन सुदृढिकरण गदै विद्यार्थी आन्दोलनलाई अगडी बढाउन सक्ने नेतृत्व हामी सर्वसम्मात रुपमा छनोट गछौँ नभए निष्पक्ष मतदान गछौँ । विद्यार्थीको नेता विद्यार्थीले छनोट गर्ने छन्’

गुटगत नेतृत्व छान्नुहुन्छ होला भन्ने प्रश्नमा उनले भने,‘पर्वत काँग्रेसमा गुट छैन । हामीले यो अधिवेशन मार्फत एकताको सन्देश दिन्छौँैँ । पार्टीलाई एक ढिक्का बनाएर अगडी बढाउन चाहान्छौँ । विगतमा जे जस्तो भएपनि अवको अधिवेशनमा विना गुटको हुने छ ।’ अधिवेशन कहिले हुन्छ भन्ने प्रशंगमा सुवेदीले भने –‘हामी छलफलमा छौँ । छिट्टै अधिवेशन गछौँ ।’

नेपाल विद्यार्थी संघमा उमेर हदबन्दीको कारणले तपाईहरु जस्ता नेताहरुको भविष्य अन्यौल बनायो । अव पार्टीमा तपाईको भूमिका के हुन्छ भन्ने प्रश्नमा उनले भने ‘हामीले पार्टीको निर्णयलाई सम्मान गछौँ । नेपाली काँग्रेसलाई जिवन्त दिनु आजको आवश्यकता हो । त्यसैले अव हामी जस्ता युवाको भूमिका पार्टी संचालनमा हुने छ । पार्टीका गलत कामको खवरदारीका गर्ने छौँ’–उनले भने ।

नेपाली काँग्रेसमा बौद्धिक र जुझारु संगठनको रुपमा बिद्यार्थी संघलाई लिने गरिएको छ । बिद्यार्थी संघलाई दरिलो बनाउन सके पार्टि पनि बलियो बनाउन सकिने विश्वास रहँदै आएको छ ।

प्रकाशित मिति १६ पुष २०७५, सोमबार १४:३०