नेपाल महिला संघ कुश्मा नगरपालिकाको कार्य समिति बिस्तार

असोज २४, पर्वत । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघ कुश्मा नगरपालिकाको कार्य समिति विस्तार भएको छ । संघले पदाधिकारी र सदस्य मनोनित गरी कार्य समिति बिस्तार गरेको हो । नेपाल महिला संघले यस अघि नै सभापतिमा संगिता अधिकारी लामिछानेलाई चयन गरेको थियो ।

लामिछानेको अध्यक्षतामा शनिवार बसेको बैठकले उपसभापतिमा हिरादेवी मगर, सचिवमा मनिसा नेपाली र निर्मला शर्मा, कोषाध्याक्षमा मिना बानिया केसी, सहसचिवमा इन्दिरा शर्मालाई मनोनित गरेको छ । समितिको सदस्यहरुमा नारायणी रिमाल, भगवती जिसी, शान्ती श्रेष्ठ, सिता शर्मा सापकोटा, गायत्री पोखरेल, सिता समुन्द्रिया, कृष्णकुमारी लामिछाने, जानकी रिजाल, सिता चापागाई, द्रौपति रेग्मी, सविता पौडेल, तेजकुमारी पौडेल, सिता केसी अधिकारी र कल्पना गुरुङ मनोनित हुनुभएको छ ।

कार्यक्रमलाई नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, कुश्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने, नेपाल महिला संघ पर्वतकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछने, नेपाल टे«ड युनियन काँग्रेसका सभापति सुरेन्द्र केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल महिला संघ कुश्मा नगरपालिकाकी सभापति संगिता अधिकारी लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य निर्मला शर्मा र कार्यक्रमको संचालन मनिसा नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार १६:०४