जेसिज सप्ताह शुरु

असोज २५, पर्वत । पर्वतमा जेसीज सप्ताह शुरु भएको छ । सप्ताहको शनिवारको उद्घाटन गरिएको छ । उद्घघाटन समारोह तथा कोभिड १९ मा अग्रपंक्तिमा रहेका संस्थालाई धन्यवाद तथा आभार कार्यक्रम गदैै सप्ताहको शुभारम्भ गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले जेसीजले यूवाहरुको नेतृत्वको विकास संगै समाज रुपान्तरण गरेको बताउनुभयो ।

कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले विधिको शासन र यूवाहरुको नेतृत्व उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जोशीले पर्वतमा अरु संस्थाहरु भन्दा जेसीज क्रियाशिल भएर समाजमा विभिन्न कार्यक्रममा सरिक भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

पर्वत जेसीजले कोरोना भाइरस कोरोनाको अग्रपंक्तिमा रहेका कुश्मा स्थित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाइ संस्थागत आभार तथा धन्यवाद व्यक्त गरेको छ । पर्वत अस्पताल परिवार, जिल्ला प्रहरी कार्यालय परिवार, केवल जङ्ग गुल्म परिवार र सशस्त्र प्रहरी वल चण्डिका गण परिवारलाई पत्रद्वारा धन्यवाद व्यक्त गरिएको थियो । उक्त कार्यक्रममा पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शिशिर देवकोटाले कोभिड(१९ को अग्रपंक्तिमा रहेका संस्थाहरुको तर्फबाट आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा पर्वत जेसीज अध्यक्षिय क्लब अध्यक्ष राजनकुमार जोशी, म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन वरुवाल, मातृशाखा बाग्लुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्य, पर्वत उद्योग वाणिज्य संघ अध्यक्ष केदारनाथ शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको स्वागत संयोजक सुरेन्द्र पौडेल,साप्ताहिक कार्यक्रम बारे प्रकाश मुल संयोजक मिलन पौडेलले र कार्यक्रम संचालन पर्वत जेसीजका महासचिव सुमन श्रेष्ठले गर्नुभएको थियो ।

पर्वत जेसीजको यो वर्ष रजत जयन्ती वर्ष रहेको हुँदा कोभिड १९ का कारण प्रभावित रहेतापनी नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्ड अनुरुप सम्पुर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै विभिन्न साप्ताहिक कार्यक्रमहरुको घोषणा गरिएको अध्यक्ष रामु शर्माले बताउनुभयो । असोज ३० गते सम्म विभिन्न कार्यक्रम गरि सप्ताह मनाउन थालिएको हो ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ०२:१५