स्वर्गिय शिक्षक चपाईको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

असोज २६, पर्वत । नेपाली काँग्रेसका क्रियाशिल सदस्य एवम् नेपाल शिक्षक संघ फलेवास नगर समितिका सक्रिय सदस्य स्वर्गिय प्रकाश चपाईको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । जिल्लाको फलेवास नगरपालिका–१० कुर्घा निवासी चपाईको ब्रेन ट्युमर रोगवाट मृत्यु भएको थियो ।

असोज १७ गते ३९ बर्षको उमेरमा भएको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली काँग्रेसका निवर्तमान मुख्य सचिव, पूर्व साँसद एवम् महासमिति सदस्य ऋषिकेश तिवारी, नेपाल दलित संघका सभापति याम परियार‘शिव’, नेपाली काँग्रेस कुर्घाका सभापति अमरवहादुर क्षेत्री, नेपाल तरुण दल फलेवास नगर समितिका सभापति दिनेश लामिछाने, नेपाल प्रेस युनियन पर्वतका सचिव साजन परियार, नेपाल तरण दल फलेवास नगर समितिका प्रवक्ता एवम् तरुण दल खानीगाउँका अध्यक्ष निर्मल नेपाली, तरुण दल कुर्घाका सभापति रामु क्षेत्री, नेपाली काँग्रेस कुर्घाका वडा अध्यक्ष पदका उम्मेदवार भवानी लम्साल, स्थानीय नेता मेघनाथ लम्साल, नेपाल विद्यार्थी संघका नेता कृष्ण सुवेदी र गणेश भुषाल लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै ऋषिकेश तिवारीले स्वर्गिय चपाईको निधन प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभुभयो,‘संसारमा कोही पनि अजम्वरी छैन,तर कहिलेसम्म बाँच्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ चपाईले पनि जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँ सँधै अमर रहने जिकिर गर्नुभयो । चपाईको अल्पआयु उमेरमा भएको निधनले पार्टीलाई मात्र नभई सिंगो देशलाई नै अपूर्ण क्षति पुगेको बताउनु भयो । उक्त कार्यक्रमको संचालन नेपाल दलित संघका सभापति याम परियार शिवले गर्नुभएको थियो ।

नेपाल राहात शिक्षक संगठनद्धारा सहयोग प्रदान
यता यता नेपाल राहात शिक्षक संगठन फलेवास नगर समितिले स्वर्गिय शिक्षक प्रकाश चपाईको परिवारलाई आर्थिक रकम प्रदान गरेको छ । संगठनका सक्रिय सदस्य एवम् फलेवास नगरपालिका–१० कुर्घा निवासी चपाईको ब्रेन ट्युमरका कारण असोज १७ गते ३९ बर्षको उमेरमा निधन भएको थियो । संगठनका अध्यक्ष लोकप्रसाद सापकोटाको नेतृत्वमा पुगेको टोलीले चपाईको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै मृतकको परिवारलाई राहात स्वरुप ७ हजार १ सय रुपैयाँ आर्थिक रकम सहयोग गरेको संगठनका सचिव कमल वहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार ००:३३