नेता ऋषिकेश तिवारीले ल्याए काँग्रेसको मुहारमा खुशी, फलेवास नगरका सबै वडामा स्वास्थ्य सामग्री वितरण

असोज २७, पर्वत । कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम बढ्दै गएका बेला नेपाली काँग्रेसका निर्वतमान मुख्य सचिव एवम् पूर्व साँसद ऋषिकेश तिवारीले फलेवास नगरपालिकाका सबै वडालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले नगरका ११ वटा वडालाई ठुलो परिमाणमा मास्क, स्यानिटाइजर र साबुन वितरण गरिएको हो । नेपाली काँग्रेस फलेवास नगर कार्य समितिको रोहवरमा वडाका सभापति र प्रतिनिधीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । तिवारीले नगर कार्य समिति सहित भातृ तथा शुभेच्छुक संस्थालाई समेत आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिनिधी सभाका साँसद लालकाजी गुरुङले कोभिड–१९ को जोखिम न्यूनिकरण गर्नका लागि सरकार उदासिन रहेको बताउनु भयो । उहाँले सरकारको उदासिनताले संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि देशभरि कोभिड—१९ संक्रमण फैलदै गएको बताउनु भयो । कोरोनाका कारण मुलुक संकटग्रस्त अवस्थामा गुज्रिएकोे बेला नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको उहाँको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेको गुरुङले कोभिड–१९ का सङ्क्रमित वृद्धि हुने क्रम बढेकाले आगामी दिन थप सङ्कटपूर्ण हुने हुँदा सबैले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा बोल्दै गुरुङले नेपाली काँग्रेस अब एक ढिक्का हुनुपर्ने बेला आएको बताउनु भयो । उहाँले मुलुकमा नेकपाको ज्यादती बढ्दै गएका कारण यसको अन्त्यका लागि काँग्रेस एक ढिक्का हुन आवश्यक छ ।

नेता ऋषिकेश तिवारीले कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि सबैको हातेमालो आवश्यक रहेकोले आफुले सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले फलेवास नगरपालिकाका विभिन्न वडाका साथीहरुले स्वास्थ्य सामग्रीको अभाव भइरहेको जानकारी गराएसँगै आफुले सकेको सहयोग गरेको उहाँको भनाई थियो । नेता तिवारीले फलेवास नगरपालिकावाट स्वास्थ्य सामग्री वितरण कार्यक्रमको थालनी गरेको बताउँदै आगामी दिनमा अन्य स्थानिय तहलाई समेत सहयोग गर्ने जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तवहादुर सिकेले प्राप्तस्वास्थ्य सामग्रीले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभा खका कोषाध्याक्ष गंगाप्रसाद भुषाल, विद्यार्थी संघका नेता राजिव लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रदेश सभाका सदस्य जितवहादुर नेपालीले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पानुभएको थियो । नगर सभापति हिरामणि सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस मुडिकुवाका सभापति पुनाखर गौडेल र कार्यक्रमको संचालन लिलाधर गौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ००:२३