फरार प्रतिवादी पर्वत बाच्छाबाट पक्राउ

असोज २७, पर्वत । पर्वतको बिहादी गाउपालिकाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विहादी गाउँपालिका वडा नं. १ सविक बाच्छा गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ३० का डिल बहादुर माझी लाई प्रहरीले पक्राउ गरेको हो ।

माझी विरुद्द केही सार्वजनिक अपराध शिर्षकमा मुद्दा दर्ता भई २०७२ फागुन १८ गतेको पर्वत जिल्ला अदालतको फैसलाले रु. ८ हजार जरिवाना तोकेको थियो । तर जरिवाना भुक्तान नगरि हालसम्म फरार रहेकोमा खोजतलासकै क्रममा प्रहरीले पक्रिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वत र अस्थाई प्रहरी पोष्ट कुश्मा पर्वतबाट खटीएको प्रहरी टोलीले फरार रहेका माझीलाई पर्वत कुश्मा नगरपालिका वडा नं. ६ बाट नियन्त्रणमा लिई आजै पर्वत जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ००:३७