एलिना चौहान र कृषल कँडेलको रोमान्स

असोज २७, काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा एलिना र कृषल कँडेलको अभिनय रहेको छ । पछिल्लो समय कृशल र एलिनाको जोडीलाई गायनका अलावा अभिनयमा पनि रुचाइएका कारण यो जोडी कोसेली फूलको थुँगाकोमा पनि कलात्मक अभिनय गर्न सफल भएको छ ।

बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द र कम्पोज रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ। ह्वाइट मिडिया प्राली ले निर्माण गरेको कोसेलीको म्युजिक भिडियोको सम्पादन र निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् भने छायांकन नमराज घिमिरे र नृत्य निर्देशन प्रविन थापाले गरेका हुन्।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ००:४९