भन्सार जाँच भएर निस्केको ट्रकबाट ठूलो परिमाणमा लागू औषध बरामद

असोज २७, वीरगन्ज । वीरगन्जको अलौस्थित एकीकृत भन्सार चौकी ९आईसीपी०बाट जाँचपास भएर निस्केको भारतीय ट्रकबाट पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटिएको टोलीले शनिबार राति करिब १० वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोक स्थित रामगढवा सडक खण्डमा आईसीपीबाट आएको एचआर ३८ भी ४८९५ नम्बरको ट्रकबाट फेनारगन, नुर्फिन, डाइजोपाम र विनसाइरेक्स बरामद गरेको हो ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ०१:०७