फलेवास रुग्दीमा श्रद्धाञ्जली सभा सम्पन्न

असोज २८, पर्वत । पर्वतको फलेवास नगरपालिका ४ रुग्दीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा शोकसभा भएको हो । कृयाशिल सदस्य एवं पूर्व शिक्षक देबिप्रसाद सापकोटाको स्मृतिमा मंगलवार सभा सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै पूर्व साँसद एवं नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिकेश तिवारीले मृतकप्रति श्रृद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले कसैको पनि जीवन संधै भरि जीवित नभएपनि व्याक्तिले गरेका असल कामहरु समाजमा जिवित हुने बताउनुभयो । स्वार्गिय सापकोटाको मृत्यु भएपनि उहाँले समाजमा गरेका योगदान संधै स्मरणिय रहने तिवारीले बताउनुभयो । महासमिति सदस्य गंगाधर तिवारीले समाजका एक होनाहार र असल अभिभावक गुमाउनुपर्दा पार्टी र गाउँलाई नै ठूलो क्षती भएको बताउनुभयो ।

नेपाली काँग्रेसको संगठन विभागका केन्द्रिय सदस्य समेत रहेका तिवारीले काँग्रेसको संगठन निर्माण र समाजलाई संगठित बनाउने कुरामा सापकोटा परिवारले अगुवाको भूमीका निभाएको स्मरण गर्नुभयो । उहाँले शोकाकुल परिवारमा समबेदना व्यक्र गर्नुभयो । नेपाली काँग्रेस मुडिकुवाका सभापती पुनाखर गौँडेलको सभापतीत्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरु, छिमेकीहरु र घर परिवारहरुको उपस्थिती थियो ।

शोकसभा कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस मुडिकुवाका वडा सचिव सागर गौँडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार ००:५१