काठमाडौँ — संसदको सार्वजनिक लेखा समितिको उपसमितिले नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको बताएको छ । अझै यो रकम बढ्न सक्ने लेखा समितिलाई प्रतिवेदन बुझाउँदै गर्दा उपसमितिका संयोजक राजन केसीले बताएका छन् ।
प्रतिवेदनमा विमान खरिद गर्दा विभिन्न चरणमा विभिन्न व्यक्तिले अनियमितता गरेको उल्लेख छ।
जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकोले अहिले पदमा रहेका मन्त्री तथा कर्मचारीलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न, कानूनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन उपसमितिले सार्वजानिक लेखा समितिलाई सिफारिस गरेको छ। साभार कान्तिपुर दैनिकवाट