पर्वतको कुस्माबजारका  युवा ब्यबसायीमा कोरोना पुष्टि

असोज २९, पर्वत । पर्वतको कुस्माबजारमा ब्यबसाय गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ३५ बर्षिय ती युबामा संक्रमण पुष्टि भएको हो ।

ती युबामा लक्षण सहितको कोरोना देखिएको छ । कुनै ट्राभल हिस्ट्री नभएका युबालाई संक्रमण देखिएपछि कुस्माबजारमा समुदायमा नै संक्रमण फैलिएको देखिएको छ । सोमबार कुस्मामा बिभिन्न क्षेत्रका २५ जनाको स्वाब संकलन गरिएको थियो ।

जेसिज सप्ताहका लागि सक्रिय भएका ती युबामा संक्रमण देखिएपछि सप्ताहका बाँकी कार्यक्रम भौतिक रुपमा उपस्थित नभई सम्पन्न गरिने भएको छ ।
पर्वतमा संक्रमितको संख्या १ सय १८ पुगेको छ ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ००:००