यूनियन लाइफ इन्स्योरेन्सद्धारा १० लाख ९० हजार मुत्युदावी भुक्तानी

असोज २९, पर्वत । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी पर्वत शाखाले पर्वतको जलजला गाउँपालिका एक बीमितका परिवारलाई मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । आल्पआयुमै २७ बर्षको उमेरमा मृत्यु भएका मल्लाजका बिष्णु पौडेलकोे परिवारलाई १० लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

स्वर्गीय पौडेलका श्रीमती शर्मिला लामिछाने र पिता हेमनाथ पौडेललाई कुस्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले मृत्युदाबी वापतको चेक हस्तान्तरण गर्नुभएको हो । मृत्युदावी भुक्तानीलाई कम्पनीले कोरोना कहरका कारण तत्कालै दिन नसकेको प्रदेश ४ का उपप्रमुख बलराम गौतमले बताए । यूनियन लाइफ इन्स्योरेन्स कुस्मा शाखाका प्रमुख बलराम शर्मााको अध्यक्षतामा रकम हस्तान्तरण गरिएको हो ।

सो अबसरमा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले अल्पआयुमा यस्तो समस्यामा परेका एकल महिला र परिवारलाई सरकारी निकायले सहयोग गर्ने बताएका थिए । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी पर्वतका शिनियर एजेन्सी म्यानेजर माधव पौडेल,बाग्लुङ शाखाका एजेन्सी म्यानेजर महेन्द्र उपाध्याय, बाग्लुङ शाखाका प्रमुख कमल सापकोटा लगायतले बोलेका थिए । भने, स्वर्गीय पौडेलका पिता हेमनाथ पौडेलले कविता मार्फत आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ०१:०७