आलोचनाको घेरा भित्र साँसद गिरी

पर्वत– केही दिन अघि नेपाली काँग्रेसको मेलमिलाप दिवसमा प्रतिनिधी सभा सदस्य पदम गिरीकी आफ्नै भाउजु कस्तुरा गिरी नेपाली काँग्रेसमा प्रवेश गरिन् । कस्तुराको प्रवेशले पर्वतको राजनितिमा तहल्का मच्चायो ।

सामाजिक सञ्जालमा यस विषयले राम्रो स्थान पायो । विपक्षीहरुले यसलाई निकै भाईरल बनाए । आफ्नै भाउजु पार्टी छोडेर काँग्रेसमा प्रवेश गरेपछि गिरीले नराम्रो सँग आलोचना खेप्नु प¥यो । नेकपा पर्वतमा निकै खैलावैला मच्चीयो ।

पार्टीमा पनि साँसद गिरीको चर्को आलोचना भयो । त्यसको एक हप्ता नहुँदै फेरी गिरीको आलोचना शुरु भएको छ । गिरीले आफ्नो स्वकिय सचिवमा आफ्ना भतिज सुर्यबाबु गिरीलाई राखेको खवर आजको नयाँ पत्रिका दैनिकमा प्रशाशित भएपछि उनको पार्टी भित्रवाट चर्को आलोचना शुरु भएको छ भने सामाजिक सञ्जालमा पनि उनको आलोचना हुन थालेको छ ।

त्यस्तै अर्का साँसद लालकाजी गुरुङको पनि चर्को आलोचना भएको छ । गुरुङले आफ्ना ज्वाई खुमवहादुर गुरुङलाई स्वकिय सचिव राखेको भनेर उनको पनि आलोचना भैरहेको छ ।

प्रकाशित मिति २० पुष २०७५, शुक्रबार १४:०७