नेपाल महिला संघ महाशिला गाउँपालिकाको अध्यक्षमा कमला कुस्मेली चयन

असोज २९, पर्वत । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघको महाशिला गाउँपालिका स्तरिय समिति गठन भएको छ । महाशिला गाउँपालिका–५ लुंखुमा भएको गाउँपालिकास्तरीय महिलाहरुको भेलाले कमला कुस्मेलीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्याक्षमा बिष्णु थापा, सचिवमा कला भट्टाराई, कोषाध्याक्षमा लक्ष्मी विक, सहसचिवमा पुजा हमाल चयन हुनुभएको छ । सदस्यहरुमा मनिषा घले, गिता राना, केश कुमारी मल्ल चयन हुनुभएको छ ।

त्यस्तै भेलाले महाशिला –५ लुंखुमा भएको वडा स्तरिय भेलाले सरिता खाँड मल्लको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ । समितिको उपाध्याक्षमा चन्द्रकला नेपाली, सचिवमा प्रेमा अधिकारी, सहसचिवमा गिता अधिकारी, कोषाध्याक्षमा लुककुमारी मल्ल चयन हुनुभएको छ । समितिको सदस्यमा राधा अधिकारी, देवी गुरुङ, प्रेमकुमारी अधिकारी, उषा मल्ल क्षेत्री, सन्तु उच्चै, कमदा अधिकारी र पक्टी श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले महिला संघलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । महिलाको सङ्ख्या वृद्धिका लागि महिला सङ्घलाई सक्रिय गराउनुपर्ने उल्लेख गर्दै नेता ठकुरीले महिलालाई अधिकार प्रदान गर्ने पार्टी नेपाली काँग्रेस मात्र भएको दावी गर्नुभयो । उहाँले महिलाकै नेतृत्वमा धेरै ठुला राजनितिक परिवर्तनहरु भएको भन्दै अव हरेक ठाँउमा महिलाको सहभागिता अनिवार्य गराउन तर्फ लाग्न महिला संघ पर्वतलाई सुझाव दिनुभयो ।

महिला बिभागका केन्द्रीय संदस्य एवम् काँग्रेस नेत्री रेखा गुरूङले नेपाली काँग्रेसको भातृसंस्था मध्ये सबै भन्दा बलियो नेपाल महिला संघ नै भएको दावी गर्दै यसलाई अझ मजबुद बनाएर लैजाने बताउनुभयो। उहाँले काँग्रेसलाई बलियो बनाउन महिला संघले गाँउ घर देखी वडावडामा संगठन विस्तार गरेको बताउनु भयो ।

नेपाल महिला संघ पर्वतकी काव अध्यक्ष मुना शर्मा लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् कुश्मा नगरपालिका–५ की वडा अध्यक्ष चित्रकला शर्मा भारती, अर्की महाधिवेशन प्रतिनिधी एवम् कुनपा ४ की वडा अध्यक्ष मिना कर्मचार्य, महिला नेत्री लक्ष्मी गौडेल, नेपाल दलित संघका नेता प्रेम विक, कुनपा ४ की वडा संदस्य हिना परियार, नेपाल विद्यार्थी संघका नेता शिशिर पौडेल, बिबेक गिरी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ०५:०२