पहिला पाईला नेपाल पोखरा शाखाद्धारा खाद्यान्न वितरण

कात्तिक ३, पर्वत । पहिलो पाईला नेपाल पोखरा शाखाले यहाँका एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । सामजिक कार्यमा सक्रिय पहिलो पाईला नेपालले फलेवास नगरपालिका– ५ खानीगाउँका किसान नेपालीलाई खाद्यान्न सहयोग गरिएको हो ।

तिन महिना अगाडि भिरवाट खसेर नेपालीको दुवै खुट्टा भाँचिएको थियो । शारिरिक अशक्तका कारण रोजगार बिहिन बनेका नेपालीलाई सहयोग स्वरुप खाद्यान्न वितरण गरिएको पहिला पाइला नेपाल पोखरा शाखाका अध्यक्ष सन्दिप सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार चामाल, नुल तेज, मसला लगायत १० हजार बरावरको खाद्यान्न सहयोग गरिएको छ ।

संस्थाका अध्यक्ष सापकोटा र सदस्य गंगा सापकोटाको उपस्थितीमा खाद्यान्न वितरण गरिएको संस्थाले जनाएको छ । साथै उक्तले नेपालीको छोरालाई एक बर्ष पुग्ने कापी कलम प्रदान गरेको छ ।

उक्त संस्थाले गरिब, विपन्न, रोगि, प्राकृतिक प्रकोप तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ । संस्थाले यस अगाडि बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाका पहिरो पीडितलाई २ लाख भन्दा बढि रकम सहयोग गरेको थियो ।

प्रकाशित मिति ३ कार्तिक २०७७, सोमबार ०२:३५