अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा पहिरो पीडित तथा अति विपन्न परिवारलाई डेढ लाख सहयोग

कात्तिक ४, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले पर्वत दक्षिणका पहिरो पीडित तथा अति विपन्न परिवारलाई आर्थिक रकम उपलव्ध गराएको छ । समाजले बिहादी गाउँपालिका–५ उरामपोखरा र शालिग्रामका छ जना पहिरो पीडित तथा अति विपन्न परिवारलाई डेढ लाख रुपैयाँ उपलव्ध गराएको हो । पहिरोका कारण घरवारविहिन अवस्थामा पुगेका परिवारलाई राहात तथा पुनस्थापनाका लागि सहयोग गरिएको हो भने अति विपन्न परिवारको जिविकोपार्जनका सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको अन्तराष्ट्रिय पर्वत समाजले जनाएको छ ।


उक्त रकम मंगलवार एक कार्यक्रमका विच स्थानिय जनप्रतिनिधी,राजनितिक दलका प्रतिनिधी, समाजसेवी तथा सामजिक अगुवा व्यत्तिहरुको रोहवरमा पीडित परिवारलाई प्रदान गरिएको छ । समाजले बिहादी ५ का पहिरो पीडित भागिरथी काफ्लेलाई २५ हजार, चोलाकान्त काफ्लेलाई १२ हजार ५ सय, डिल्लीराम काफ्लेलाई १२ हजार पाँच सय, अति विपन्न चुडामणि तिवारीलाई २५ हजार र अति विपन्न तथा एकल महिला लालुमया नेपालीलाई २५ हजार रकम प्रदान गरेको छ । त्यस्तै बिहादी ६ शालिग्रामका अति विपन्न तथा पहिरो पीडित मोतीलाल न्यौपानेलाई ५० हजार रुपैयाँ प्रदान गरिएको समाजले जनाएको छ ।

उक्त रकम बिहादी गाउँपालिका–५ उरामपोखराका वडा सदस्य छविलाल काफ्ले, शालिग्रामका वडा सदस्य शिवलाल न्यौपाने, पैयु गाउँपालिका–४ हुवासका बरिष्ठ समाजसेवी दुर्गाप्रसाद श्रेष्ठ, विहादीका अर्को समाजसेवी खगेश्वर काफ्ले, ताराप्रसाद भुषाल, ईलाका प्रशासन कार्यालय हुवासका नासू तिला वल्वभ काफ्ले संयुक्त रुपमा पीडित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय पर्वत समाज अन्तर्गत समितीका उपाध्यक्ष परशुराम पौडेलको संयोजकत्व गठित पहिरो पीडित सहयोग समिती मार्फत संकलन गरिएको सहयोग गाउँसम्म ल्याउन मुख्य समन्वयकर्ताको भूमिका अन्तराष्ट्रिय पर्वत समाजका सदस्य भिमलाल भट्टाराईले खेल्नुभएको थियो भने सहजकर्ताको भूमिका अन्तराष्ट्रिय पर्वत समाज प्रवक्ता मणि भुर्तेल र अन्तराष्ट्रिय पर्वत समाज सदस्य सबिन्द्र श्रेष्ठले निर्वाह गर्नुभएको थियो ।

पर्वत जिल्लामा जन्मिएर विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा संसारभर छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले जिल्लामा निस्वार्थ सेवा गदै आएको छ । समाजले विशेष गरि जिल्लाको शिक्षा र स्वास्थ्यमा काम गदै आएको छ भने भैपरी आउने समस्यावाट पीडित बनेका नागरिकहरुलाई पनि सहयोग गदै आएको छ ।

प्रकाशित मिति ४ कार्तिक २०७७, मंगलवार ००:१२