पर्वत बरौचौर – वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु

कात्तिक ५, पर्वत । जिल्लाकोे विहादी गाउँपालिका वडा न २ बरौचौरका खहरे खोला देखि रानीपानीको पोखरीचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ । कालोपत्रेको उद्घाटन प्रतिनिधि सभाका सांसद पदम गिरीले गरे । विहादी गाउँपालिका वडा न २ वडा कार्यालयको आयोजनामा भएको कालोपत्रे कार्यको शुरुवात गर्दै सांसद गिरीले जिल्लाको दक्षिणी क्षेत्र क्रमशः सम्बृद्ध बन्दै गएको बताए । विकटको वस्ती मानेर तराई झर्ने र बजार जानेहरु अव गाउँ फर्कन आग्रह गर्दै उनले आभारभूत सवै सुविधाहरु गाउँमा पुराउने कार्यमा आफू र वर्तमान सरकार लागि परेको बताए

कालोपत्रेको काम शुरुवात गरेको सडकले पैयूको हुवास हुँदै स्याङजा जिल्लाको सिमाना चिासापानीसम्म पुग्छ । प्रदेश सरकारले चिसापानी देखि हुवास हु्ँदै वहाकीसम्म कालोपत्रेको लागि काम गरीरहेको छ । वहाकी देखि रानीपानी हूँदै बर्राचौरको खहरेखोला सडक खण्डको काम भने संघीय सरकार मार्फत भइरहेको छ । यस खण्डमा भने प्रत्येक बर्ष संघीय सरकारले बजेट विनियोजन गर्दै आइरहेको छ । हालसम्म ३ करोड रकम विनियाजन भएको यस सडक खण्डमा गत बर्ष मात्रै १ करोड २६ लाख लागत स्टिमेटमा ठेक्का सम्झौता भएको थियो । यस बर्ष सडकमा कालोपत्रेको शुरुवात गरिएको र आगामी बर्ष सडकको सवै खण्ड पुरा हुने गरी बजेटको ब्यवस्थापन गरिने सांसद गिरीले प्रतिबद्धता ब्यक्त गरे छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले संघ, प्रदेश र स्थानीय तहका साझेदारीमा विहादी गाउँपालिका भित्रमा देखिने गरी विकास आयोजनाहरुको शुरुवात भएको दावी गरे । उनले केहि बर्षमा नै विहादीमा भौतिक पूर्वाधारका कामहरुले काँचुली फर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य गोविन्द प्रसाद पाध्या, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द पौडेल लगायतले बोलेका थिए । वडाअध्यक्ष ओमप्रसाद कुँवरले उपस्थित सबैलाई धन्यवाद दिए । कार्यक्रमको स्वागत रामप्रसाद पराजुली र सञ्चालन कमला पौडेलले गरेका थिए ।

प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार ००:४३