पर्वतमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ३४

कात्तिक ५, पर्वत । पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको महाशीला गाउँपालिका ३ जना र मोदी गाउँपालिकाका १ जना रहेका छन् ।
संक्रमण पुष्टि हुनेमा महाशीला – ५ का ४७ र ३९ वर्षका दुई पुरुष, वडा – ३ वालाकोटका एक जना ५९ वर्षिय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । त्यसैगरी आजै पर्वतको मोदी गाउँपालिका ७१ वर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ ।
संक्रमितहरुलाई आईसोलेशनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । उनिहरु सवै कन्ट्रयाक ट्रेसिङमा परेका हुन्

प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार ००:५१