काँग्रेसले ल्यायो कुर्घाका बाढिपहिरो पीडितको अनुहारमा खुशी

कात्तिक ६, पर्वत । नेपाली काँग्रेस पर्वतले बाढि पहिरो पीडितलाई सहयोग गरेको छ । काँग्रेसले भदौको अन्तिम साता परेको लगातारको बर्षाले प्रभावित फलेवास नगरपालिका–१० कुर्घाका ६ घर परिवारलाई आर्थिक सहायता उपलव्ध गराउनुका साथै त्रिपाल वितरण गरेको हो । बाढि पहिरो पीडित धनप्रसाद शर्मा र गिता शर्मालाई नगद सहयोग गरिएको छ भने भवानीप्रसाद शर्मा, अस्मीता क्षेत्री, देववहादुर क्षेत्री र श्याम बहादुर नेपालीलाई त्रिपाल सहयोग गरेको जनाएको छ । पीडित परिवारलाई सरकारी निकायवाट राहात पाउन नसकेको अवस्थामा थोरै भएपनि राहात मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।

नेपाली काँग्रेस वडा कार्य समिति कुर्घाले आयोजना गरेको राहात वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा पीडितहरुलाई राहात उपलव्ध गराईएको हो । सो कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेस जनताको पार्टी भएको बताउनु भयो ।

सरकारको कार्यशैलीका कारण जनतामा निराशा छाएको भन्दै काँग्रेसप्रति जनताको विश्वास बढाउन आवश्यक रहेको बताउनु भयो । नेता जोशीले देशमा कोरोना महामारीको संकट चलिरहेका बेला सरकार दलगत स्वार्थमा केन्द्रित भएको आरोप लगाउनु भयो । सरकार कोरोना संक्रमितको उपचारको दायित्वबाट पन्छिएर बेईमानी गरेको बताउनुभयो । सरकार जनताको अभिभावक हुनुपर्नेमा आफ्नो उपचार आँफै गर भनेर पन्छिँदा नेपाली जनता निराश हुनुपरेको जोशीले बताउनुभयो । जनतालाई झुठा आस्वसन बाँडेर सत्तामा पुगेका नेकपाका नेताहरु कोरोनाका नाममा भष्टचार गरि देशको ढुकुटी रित्ताएपछि उपचारबाट हात उठाएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै जोशीले कोरोना संक्तमणबाट जोगिएर चाड मनाउन र आत्मावल बलियो बनाएर दैनिकी चलाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एव नेपाली काँग्रेसका संगठन विभागका केन्द्रिय सदस्य गंगाधर तिवारि, महासमिति सदस्य एवं नेपाली काँग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राधाकुमारी कुवँर श्रेत्री, नेपाली कांग्रेस आमन्त्रित सदस्य एवं नेपाली कांग्रेसका वाणिज्य बिभागका केन्द्रिय सदस्य शिवप्रसाद सुवेदी, नेपाली कांग्रेस फलेवास नगर समितिका सभापति हिरामणी सापकोटा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज सुवेदी, नेपाली काँग्रेसका क्रियाशिल सदस्य यामप्रसाद शर्मा र प्रेमप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता श्याम नेपाली लगायत विभिन्न व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस कुर्घाका सभापति अमरबहादुर श्रेत्रीको सभापतित्वको सपन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघका प्रदेश नम्वर ख का पूर्व क्षेत्रिय अध्यक्ष मेघनाथ लम्साल र कार्यक्रम सन्चालन नेपाली कांग्रेस कुर्घाका सचीव दाताराम लम्सालले गर्नुभएको थियो ।

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार ००:३८