पर्वत जलजला गाउँपालिकामा १६ जनामा कोरोना पुष्टि

कात्तिक ६, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा थप १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्तीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

यस अघि कोरोना संक्रमित पुष्टि भएकाहरु सँगको सम्पर्कमा रहेका ९९ जनाको पिसिआर लिएकोमा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र वारीबेनी बस्ने थप एक जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका १६ मध्य जलजला गाउँपालिकामा कार्यरत कर्मचारी २ जना, मिलन चोक प्रहरी चौकी र बेनी प्रहरी चौकीका प्रहरी १र१ जना, धाइरिङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यर्की १ जना, जलजला वडा नम्बर १ का १ जना, २ का १,माझफाँटका ५ जना, ४ का २ जना, ८ का १ जना र ५ घर भै ६ वस्ने १ जनालाई कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरु सवै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना देखिएको छ अन्यमा लक्षण नदेखिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । संक्रमित मध्ये तीन जना कुस्मामा आईसोलेसनमा पठाइएको छ भने केही होम आइसोलेसनमा रहेका छन ।

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार ००:५७