कुश्मा यातायात प्रालिद्धारा  कोरोना पोजिटिभ मजदुरलाई सहयोग

महेन्द्र जिसी ९ कात्तिक । काम गर्ने क्रममा कोरोना पोजेटीब देखीएपछि कुश्मा यातायात प्रालिले एक मजदुरलाई सहयोग गरेको छ । यातायात प्रालिका एक मजदुरलाई यातायात प्रालिले सहयोग गरेको हो । दशैको मुखमा घर मुली नै कोरोनाको विरामी परेपछि उपचार र परीवारको राहतको लागि आर्थिक सहयोग गरीएको हो ।

भोजपपुर घर भएर कुश्मा ७ मा रहेर सवारी चालकको रुपमा काम गर्दै आएका का एक मजदुरलाई आर्थिक सहयोग गरीएको हो । सवारी चलाएर दैनीक गुजारा चलाई रहेका विरामी आईसोलेसनमा बस्नु पर्ने र दैनीक गुजारा टार्न यातायात प्रालिले आईतबार १२ हजार नगद परिवारलाई सहयोग गरेको छ । यातायात प्रालिका अध्यक्ष शागर गिरीले नगद हस्तान्त्रण गर्नु भएको हो ।

विरामीहरुलाई पोखरा लाने क्रममा आँफै विरामी भएपछि प्रालिले सहयोग गरेको गिरीले जानकारी दिनुभयो । विरामी कुश्मा ६ स्थित शिवालय कोरोना अस्थाई अस्पतालमा आईसोलेसनमा रहेका छन । परिवारलाई दशैंको मुखमा राहत दिलाउने उदेश्यले यातायात प्रालिका सदस्यहरुको सहयोगमा रकम संकलन गरेर हस्तान्त्रण गरीएको हो ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार १३:३८