चिर्पटले हानेर श्रीमतीको हत्या

कात्तिक ११, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर २ रुमका ओमबहादुर दर्जीले आइतबार राति ९ बजेतिर श्रीमती रिमा दर्जीको टाउकोमा चिर्पटले हानेर हत्या गरेका छन् ।

प्रहरीका अनुसार मदिरा सेवनपछि विवाद हुँदा ओमबहादुरले ४२ बर्षिया श्रीमतीको टाउकोमा चिर्पट प्रहार गर्दा रिमाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्यापछि घरमा एक्लै रहेका ओमबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

दर्जीले छोराछोरी छिमेकीको घरमा गएको अवस्थामा घरमा श्रीमान–श्रीमती मात्र रहेको बेला हत्या गरेका थिए । छिमेकीको घरबाट छोराछोरी घरमा फर्कंदा आमा मृत अवस्थामा फेला पारेपछि छिमेकीलाई खबर गरेका थिए ।मदिरा नै मुख्य कारण देखिएको छ ।’

प्रकाशित मिति ११ कार्तिक २०७७, मंगलवार ०१:३४