जलजला गाउँपालिकामा ‘एक घर एक पिसिआर जाँच’शुरु

कात्तिक ११, पर्वत । पर्वतको जलजला गाउँपालिकाले ‘एक घर एक पिसिआर’ गर्ने भएको छ । जलजला गाउँपालिकामा समुदायस्तरमै कोरोना फैलिएपछि सम्भावित जोखिमलाई मध्येनजर गदै कोरोना परिक्षणको दायरलाई व्यापक बनाउन ‘एक घर एक पिसिआर’ अभियान थालेको गाउँपालिकाले जनाएको छ ।
जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’का ले सामजिक सञ्जाल फेसबुकमा पोष्ट गदै आजवाट गाउँपालिकाले ‘एक घर एक पिसिआर’ परिक्षण गर्ने थालेको जानकारी दिए । पहिलो चरणमा मिलनचोकको स्वास्थ्य शाखामा परिक्षण गर्न लागेको र बाँकी दिनमा परिक्षणको दायर बढाउँदै जाने उहाँको भनाई छ । मल्लले फेसबुकमा लेखेका छन् ‘कात्तिक १ गते पिसिआर गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुसँगै कन्ट्रायाक ट्रेसिङमा रहनु भएका इच्छुक व्यक्ति तथा कसैलाई कोरोना लक्षण जस्तै ज्वरो आउने घाँटी दुख्ने, श्वासफेर्न अठ्यारो भएमा निशुल्क पिसिआरको व्यवस्था भएकाले मिलनचोक स्वास्थ्य चौकीमा उपस्थितीका लागि पालिकावासीमा अनुरोध गर्दछु ।’
पर्वत जिल्लामा अहिले कोरोना संक्रमणको दर बढ्दै जान थालेको छ । असोज २७ गते जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्लमा कोरोना पुष्टि भएको थियो । उहाँलाई कोरोना पोजेटिभ देखिएपछि जलजला गाउँपालिका र महाशीला गाउँपालिकामा गरिएको कन्ट्रायाक ट्रेसिङमा थप १९ जनामा संक्रमण पुष्टि भएको थियो । जलजलामा १६ जना महाशीलामा ३ जनामा संक्रमण देखिएको थियो । मल्ल १० दिनमा कोरोना संक्रमण निको भएसँगै गाउँपालिकाको काममा व्यस्त हुनुहुन्छ ।

प्रकाशित मिति ११ कार्तिक २०७७, मंगलवार ०६:११