नेपाल टे«ड युनियन काँग्रेसकोे प्रदेश स्तरिय भेला कुश्मामा हुँदै

पर्वत– नेपाल टे«ड युनियन काँग्रेस पर्वतले प्रदेश स्तरिय भेला आयोजना गरेको छ ।

पुस २७ र २८ गते पर्वतको कुश्मामा आयोजना हुने लागेको प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका टे«ड युनियनहरुको सहभागि रहने नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए ।

दुई दिनसम्म संञ्चालन हुने कार्यक्रममा पर्वत सहित बागलुङ, म्याग्दी, कास्की,स्याङजा, तनहुँ, लमजुङ, नवलपुरका प्रतिनिधी सहित ३ सय जनाको सहभागिता रहने अध्यक्ष केसीले बताए ।

टे«ड युनियनको आगमी योजना सहित संगठनलाई चुस्तदुस्त बनाउन भेलाको आयोजना गरिएको हो । भेलाले नेपाली काँग्रेस विषयमा पनि छलफल गर्ने जनाएको छ ।

प्रकाशित मिति २५ पुष २०७५, बुधबार १४:००