जलजला गाउँपालिकाले शुरु ग¥यो ‘एक घर एक पिसिआर’

कात्तिक १२, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा कोरोना सङक्रमणको स्थिती पत्ता लगाउन एक घरमा एक जनाको परिक्षण गर्न शुरु भएको छ । मंगलवारबाट जलजला गाउँपालिकाले गाउँ गाउँमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउनका लागि स्वाव संकलन गर्न थालेको हो । पहिलो दिन आज ३४ जनाको स्वाव संकलन गरिएको छ ।

मिलनचोकमा बुथ खडा गरेर पहिलो दिन स्वाव संकलन गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । बुधवारबाट ९ वटै वडामा बुथ खडा गरि स्वाव संकलन गरिने मल्लले जानकारी बताउनुभएको छ । गाउँपालिकामा समूदायमा कोरोना फैलिएको आशंका गर्दै प्रत्येक घरका एक जनाको परिक्षण गर्न थालेको जनाएको छ ।

सङक्रमितको कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरु धमाधम सङक्रमित भेटिन थालेपछि प्रत्येक घरका एक जना सदस्यको कोरोना परिक्षण गर्न थालिएको छ । गाउँपालिकाका अध्यक्ष मल्ल समेत कोरोना संक्रमित भएर निको हुनुभएको छ । कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले सङ्क्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभयो । अध्यक्ष मल्ललाई कोरोना सङक्रमित भएपछि गरिएको कन्टयाक्ट ट्रेसिङमा थप १६ जनामा कोरोना सङक्रमण भएको थियो ।

सङक्रमित बढ्न थालेपछि स्थानीय तनावमा छन् । हरेक घरमा एक जनाको स्बाब संकलन गरिएपनि कोरोना संक्रमितको परिवारका भने सबैको परिक्षण गरिने प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । भित्रभित्रै सङक्रमण फैलिएको हुनसक्ने अनुमान सहित एकै पटक व्यापक रुपमा परिक्षण थालिएको शर्माले बताउनुभयो । अहिले सम्म जलजलामा करिब ५ सय जनाको पीसीआर परिक्षण भैसकेको छ ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०१:३९