आजबाट दैनिक कोभिड १९ बारे प्रेस ब्रिफिङ नहुने

कात्तिक १३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ। दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधवार भएको थियो ।आजदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उहाँले बताउनुभयो ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार ०१:१४