अखिल क्रान्तिकारी अध्यक्ष लागुऔषध मुद्दामा पक्राउ

विराटनगर २६, पुस। महेद्र मोरंङ क्याम्पसका अखिल क्रान्तिकारीका अध्यक्ष अभिमन्यु यादव लागुऔषध मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार भारत तर्फबाट लागुऔषध ओसारपसार गर्ने नाइके भएको भन्दै अनुसन्धान सुरु गरेको हो ।

रानी भन्सारमा चेकजाचका क्रममा शसस्त्र सिमा प्रहरी कार्यालयका सुरक्षाकर्मीले मातृका यादव भन्ने व्यक्तिलाई लागुऔषधसहित भेटेएको थियो । यादवलाइ विभिन्न नामका ५०० सिसि लागुऔषध सहित भेटेपछि शसस्त्रले लागुऔषधसहित नेपाल प्रहरीलाई बुझाएको थियो । नेपाल प्रहरीको अनुसन्धानको क्रममा लागुऔषध बोकेका मातृका यादवले आफु भरिया मात्र भएको बयान दिएका थिए । ‘म त भरिया मात्र हुँ सबै काम महेद्र मोरंङ क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष अभिमन्यु यादवले गराएका हुन्’ मात्रिका यादवलाइ उदृत गर्दै नाम नखुलाउने सर्तमा एक प्रहरी अधिकारीले भने ‘ अभिमन्युको नाम लिए पछि उनि माथि कल डिटेल लगायतका अन्य प्रारम्भिक अनुसन्धान गरि सके पछि पक्राउ गरेका हौं।’

जोगबनी नाकाबाट व्यागमा ल्याउँदै गरेको अवस्थामा मातृका यादवबाट ५०० सिसि लागुपदार्थ भेटिएकाले कारवाहीको लागि नेपाल प्रहरीमा पठाएको शसस्त्र सिमा प्रहरी कार्यालयले जनाएको छ ।

क्याप्स गार्डलाइ कुटेर पनि बिबादमा आएका थिए अध्यक्ष यादव

लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका महेद्र मोरंग क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष अभिमन्यु यादव बारम्बार बिबादमा तानिने गरेका छन् । गत असारमा पनि क्याम्पसका गार्डलाइ कुटेको बिषयमा उनि बिबादमा तानिएका थिए । गत असार २६ गते बिहिबार विहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई क्याम्पसका क्रान्तिकारी विद्यार्थी संगठनका क्याम्पस कमिटी अध्यक्ष अभिमन्यू यादवले क्याम्पस प्रमुखकै अगाडी हेल्मेटले हिर्काएर घाईते बनाएका थिए ।

सो घटनालाइ ढाकछोप गरेर राख्न खोजिए पनि चारैतिरको दवाव आउन थालेपछि क्याम्पस परिसरमा विद्यार्थी नेताहरुको अगाडी गार्डसंग माफी पनि मागेका थिए । साभार प्रदेसकटेलबाट

प्रकाशित मिति २६ पुष २०७५, बिहीबार १६:४६