कुश्मा  बजार एक हप्ताका लागि बन्द

कात्तिक १३, पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजार एक हप्ताका लागि बन्द हुने भएको छ । सदरमुकाम कुश्मा बजारमा कोरोना संक्रमण बढ्दो दरमा देखिएसंगै जिल्ला स्थित सिसिएमसि र सरोकारवालाहरुको वीच भएको वैठकले कुश्मा बजारका वडा न ४, ५, ६ र ७ लाई बन्द गर्नेनिर्णय भएको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार भोली १४ गते देखि आगामी २१ गतेसम्म कुश्मा बजार क्षेत्र पूर्ण रुपमा बन्द हुनेछ । अत्यावश्यक सेवा बाहेकका सवै पसल, वैंक तथा वित्तिय संस्था र कार्यालयहरु बन्द हुने प्रजिअ रेग्मीले जानकारी दिए ।

कुश्मा बजारमा आज मात्रै एक जना संक्रमीतको मृत्यु भएको थियो भने बजार क्षेत्रका ब्यापारी र वैकमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा वसेको वैठकले मुख्य गरी सदरमुकाम कुश्मा बजारलाई लक्षित गरी यो क्षेत्रमा यातायात समेत बन्द गर्ने निर्णय भएको बताईन्छ । मध्यपहाडी लोकमार्गमा सवारी आगमनमा भने रोक लगाइएको छैन् ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार १४:४९